स्याङ्जामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु
स्याङ्जा | जेठ २४, २०८०
स्याङ्जा: स्याङ्जामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएके छ ।
आज बुधवार सिरुवारीबाट स्याङ्जा सदरमुकामका लागि छुटेको जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा चालक वालिङ नगरपालिका–४ का अमृत खनालको मृत्यु भएको प्रहरीले जनाएको छ । बा १ झ ५८७८ नम्बरको गाडी अर्जुनचौपारी गाउँपालिका–३ सहरे नजिक खोले भन्नेमा दुर्घटना भएको हो ।
दुर्घटनामा जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पौडेलसहित अन्य दुई जना अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएका अर्जुनचौपारीका प्रहरी प्रमुख ख्यामबहादुर क्षेत्रीले जानकारी दिए। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ । समन्वय अधिकारीसहितको टोली के का लागि गएको थियो भन्नेबारे खुलेको छैन ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

